सर्वोत्तम सिमेन्टको साधारणसभा सम्पन्न, ७ संचालक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2024 | 08:58:41 AM मा प्रकाशित

laxmi  sunrise bank

सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले बैशाख १२ गते आफ्नो पाँचौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ। सो सभा रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७१/०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८० / ०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव सहित कम्पनीले आफ्नो चुक्ता पुँजीको १५% (कर सहित) नगद लाभांस बाड्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

सभाले संस्थापक शेयरधनी समूहबाट ५ जना संचालकहरु विष्णु प्रसाद न्यौपाने, बिमल कुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जीङ लाग्देन तामाङ, उत्सब न्यौपाने तथा सर्वसाधारण शेयरधनी समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने १ जना संचालकमा शिव सिंह कार्की निर्विरोध निर्वाचित भएका छन्। स्वतन्त्र संचालकमा नेहा अग्रवाललाई मनोनित गरिएको छ ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष के.सी. ले कम्पनीका सबै संचालक समिति, ग्राहकहरु, कर्मचारी वर्ग तथा शेयरधनीहरु प्रति आभार प्रकट गर्दै हालका विभिन्न चुनौतीहरुको सामना गर्दै सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाएका छन् । साथै उनले सर्वोत्तम सिमेन्टले नाम जस्तै सिमेन्टको सर्वोत्तम गुणस्तरमा निरन्तरता दिदै आफ्नो स्थापना पश्चात हाल सम्म ६,७२,६८,०२१ बोरा सिमेन्ट र २८,८६,१६६ टन किल्ङकर उत्पादन गरी बिक्री गर्न सफल भएको जानकारी गराएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved