कोरोनाको आशंका गरिएका व्यक्ति आइसोलेसनबाटै भागे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2020 | 11:12:40 PM मा प्रकाशित

laxmi  sunrise bank

उदयपुरमा कोरोना भाइरस संक्रमण आशंकामा आइसोलेसनमा राखिएका बिरामी भागेका छन् । कटारी अस्पतालको आइसोलेसन राखिएका बिरामी भागेका हुन् । 

जिल्लाको ताप्ली गाँउपालिकाका ३८ वर्षीय कीर्तिमान मंग्राती भागेको अस्पतालले जनाएको छ । अस्पतालले ९९.३ डिग्री फरेनहाइट ज्वरो मापन गरी अस्पतालको आइसोलनमा राखेर उपचार भइरहेको अवस्थामा उनी भागेको जनाएको छ । मंग्रातीले आइसोलेसन बेडमा झोला र मोबाइल छोडेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved