प्रधानमन्त्रीले देशलाई बर्बादीमा लैजाने बुझियो : बाबुराम भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2020 | 04:42:29 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका संयोजक डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमा अल्पज्ञान, अहंकार र भयंकरको ककटेल देखिएको बताएका छन्।

आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिएको जवाफ सुनेपछि भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रधानमन्त्रीमा कमी कमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट नदेखिएको भट्टराईले आरोप लगाएका छन्। उनले ट्विट गर्दै भनेका छन्, ‘लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो’।

प्रतिनिधिसभामा सांसदहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले हिजोको दिनमा ३-३ महिनामा, ६-६ महिनामा सरकार परिवर्तनका लागि हुने खेलबारे नेपाली जनता आजित भएर स्थायी सरकार रोजेको बताएका थिए। भट्टराईले पटक पटक बिभिन्न बिषय उठाउदै हरेक इस्युमा प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएका छन्। तर प्रधानमन्त्री ओलीले जनताले ५ बर्षका लागि सरकार चलाउन मत दिएको भन्दै जनमत स्वीकार गर्न आलोचकहरुलाई सुझाब दिएका छन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved