संविधान संशोधनबारे कांग्रेस सभापति देउवाबाट अबेर राति आयो यस्तो प्रतिकृया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2020 | 11:18:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संबिधान संसोधनको प्रस्तावमा कांग्रेसको धारणामा अलमलमा नपर्न आग्रह गरेका छन्।  संविधान संशोधन प्रस्तावको कार्यसूची आजको प्रतिनिधिसभामा नपरेपछि सार्वजनिक भएका धारणालाई सम्बोधन हुनेगरि सभापति देउवाले अबेरगरि प्रतिकृया दिएका हुन्। 

सभापति देउवाले बुधबार साँझ अबेरगरि ट्वीट गर्दै संविधान संशोधनको प्रस्तावमा नेपाली कांग्रेसको धारणाबारे कुनै पनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न आग्रह गरेका हुन्।

देउवाले नयाँ नक्साबारे संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको बताएका छन् । उनले संशोधन प्रस्तावबारे संस्थागत निर्णय भने केन्द्रीय समितिको बैठकबाट गर्ने जानकारी दिएका छन् । ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग हुन् ’ देउवाले ट्विटमा भनेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved