शनिवार राजधानीका यी स्थानमा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2020 | 04:37:35 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिवार राजधानीका विभिन्न स्थानमा  विद्युत आपूर्ति बन्द हुने भएको छ ।  शनिवार बालाजु बितरण केन्द्रकाे विष्णुमति फिडरअन्तर्गत पर्ने काठमाडाै‌ महानगरपालिका वडा न‌ १५ र १६ काे   चक्रपथ एरीयामा विद्युतिय संरचना स्थानान्तरण  कार्यको लागि विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको हो  ।  .

प्राधिकरणका अनुसार शनिवार विहान  ९ बजे देखि दिउसाे ३ बजे सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु वनस्थलि, ग‌गाहल, माछापाेखरी, बालाजु वाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजु, लाेकतान्त्रिक चाेक, इन्द्रायणी पुल लगायतका सम्पुर्ण  क्षेत्रहरुका विद्युत आपूर्ति बन्द हुने छ  । 

 कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved