शुक्रबार एकैदिन २ हजार २० जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2020 | 04:22:56 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार थप २ हजार २० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरी कुल २ हजार २० जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमित हुनेको संख्या ६१ हजार ५९३ जना  पुगेको छ । 

मन्त्रालयका अनुसार हालसम्म ४३ हजार ८२० जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै ८७१ जना कोरोना जितेर घर फर्किएका छन् । हाल १७ हजार ३८३ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३ सय ९० पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved