प्याजको मूल्य पसलैपिच्छे फरक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 11:59:11 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले प्याज निर्यातमा रोक लगाउँदाको असर नेपालका तरकारी बजारमा देखिएको छ । भारतले प्याज निर्यातमा रोक लगाएसगैँ काठमाडौँ उपत्यकाका तरकारी बजारमा प्याजको मूल्य आकाशिएको छ । 

अस्वभाविक रुपमा प्याजको मूल्यमा बृद्धि हुनथालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र काठमाडौं महानगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमनलाई निरन्तरता दिएका छन् । बजार तथा अन्य किराना पसलहरुको अनुगमन गर्दा प्याज लुकाउने र मूल्य बृद्धि गर्ने गरेको भेटिएको जनाईएको छ । 

बजार अनुगमनका क्रममा बिहीबार (आज) मनोहरा तरकारी बजारभित्र प्याजको मूल्यमा प्रतिकिलो ६० रुपैयाँका फरक भेटिएको छ । अनुगमन टोलीले प्याजको मूल्य सोध्दा कुनैमा १२० र कुनैमा ६० रुपैयाँसम्म रहेको पाईएको जनाईएको छ । 

अनुगमन टोलिलाई देख्नासाथ व्यापारीले प्याजको मूल्य घटाएको उपभोक्ताहरुले गुनासो गरेका थिए । हिजो बेलुकासम्म प्रतिकिलो प्याजको मूल्य १४० रुपैयाँ भनेको व्यापारीले महानगरको अनुगमान टोलीलाई देख्नासाथ मुल्य घटाएर ६० मा झारेको उनिहरुले आरोप लगाएका थिए । 

अनुगमन समितिले मनोहर तरकारी बजारमा सञ्चालीत होलसेल प्याज व्यापारीलाई कागजात लिएर कृषि बिभागमा सम्पर्क गर्न निर्देशन दिएको छ । अधिकांश पसललेसँग खरिद बिल नभएको, अनुगमन टोली देख्नासाथ व्यापारीहरु पसल छोडेर भाग्ने गरेको जस्ता क्रियाकलाप हुने गरेको महानगरले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved