ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2020 | 06:44:04 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ परेका छन्। दशैं अवधिमा घुस दिन खोज्ने ८ जनालाई पक्राउ गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

सवारी नियम उल्लङ्घन गर्ने चालक, सह चालकलाई कारवाही गर्न खोज्दा उनीहरुले लाभ वा आर्थिक प्रलोभनमा पार्न खोजेको महाशाखाले जनाएको छ। पक्राउ पर्नेमा राम प्रसाद चौधरी, दिपक बहादुर कुमाल, अभिनन्दन काफ्ले, बिक्रम तामाङ, प्रेम बहादुर तामाङ, खडक बहादुर सुनुवार, अभिक आचार्य र अबिन शाही रहेका छन । 

उनीहरूले ट्राफिक चेकजाँच क्रममा सवारी नियम उल्लङ्घन गरेबापत ट्राफिक प्रहरीलाई ५०० देखि ३००० रूपैयाँ दिन खोजेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादवले जानकारी दिए।

नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शुन्य सहनशीलतालाई अक्षरस पालना गरी  प्रभाव तथा प्रलोभनमा नपर्ने ट्राफिक प्रहरीहरूलाई तत्कालै सम्मानित गरिएको महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले बताए।  उनले संगठनको छविलाई उच्च पारी आफूलाई दिइएको जिम्मेवारी इमान्दारितासाथ निर्वाह गर्ने ट्राफिक प्रहरीहरुलाई प्रोत्साहन गरिएको बताए। 

यसअघि पनि त्यस्ता कुनै पनि प्रलोभनमा नपर्ने ७३ जना ट्राफिक प्रहरीलाई विभिन्न मितिमा पुरस्कृत गरिएको  महाशाखाले जनाएको छ। महाशाखाले ट्राफिक प्रहरीको कार्यसम्पादनमा चुस्त दूरुस्त एवं पारदर्शीताको विषयमा कुनै कमीकमजोरी, लापर्वाही तथा आर्थिक अनियमितता गरेको पाइएमा तत्कालै नजिकको ट्राफिक प्रहरी कार्यालय एवं सम्बन्धित निकायमा सूचित गरिदिन पनि सर्वसाधारणमा अपिल गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved