नेपाल प्रहरीले ५ हजार बढी नयाँ जनशक्तिको लागि विज्ञापन आह्वान गरेको छ । प्रहरीले ५ हजार २ सय २७ जना प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरेको हो ।
प्रहरीले खुलामा २८ सय १७, अमर अशक्त परिवारको लागि १०५, महिला ४६१, आदिवासी जनजाती ७३७, मधेशी ६४६, दलित ३४५, पिछडिएको क्षेत्र ११६ गरि कुल ५२ सय २७ जना थप जनशक्ति माग गरेको हो।
आवेदन दिनको लागि न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ । प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । देशभरका ७४ वटै जिल्ला प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय र काठमाडौं उपत्यकका तीनवटा प्रहरी परिसर (काठमाडौं, ललितपुर र भक्तपुर) मा दरखास्त बुझाउन सकिनेछ ।