साउदी अरब पर्यटकका लागि खुल्ला

रासस

रासस

Sep 29, 2019 | 08:52:45 AM मा प्रकाशित

laxmi  sunrise bank

साउदी अरबले पहिलो पटक पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने निर्णय गरेको छ । मुस्लीम मुलुक साउदी अरबले शुक्रबार पर्यटकलाई पनि स्वागत गर्ने घोषणा गरेको हो ।

तेलको व्यापारमा आधारित अर्थतन्त्र रहेको यस मुलुकमा अवदेखि पर्यटनलाई पनि अर्थतन्त्रको अर्को पाटोको रुपमा विकास गर्न लागिएको बताइएको छ । घुम्नका लागि विदेशी नागरिकहरुलाई खुल्ला गरिएपनि केही सर्त भने कडा बनाइएको छ । विषेश गरेर महिलाका लागि पहिरनमा आचारसंहिता नै बनाइएको अधिकारीहरुले जनाएका छन् ।

विश्व पर्यटन दिवसकै दिन आएको साउदी अरबको यो घोषणाले विश्वको पर्यटन क्षेत्रको दायरा थप फराकिलो भएको विज्ञहरुले बताएका छन् । ‘हामीले आज इतिहास रचेका छौँ’ देशका पर्यटन प्रमुख अहमद अल खातिबद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । उनले भने ‘हामीले पहिलो पटक संसार भरका पर्यटकहरुका लागि साउदी अरबलाई खुल्ला गरेका छौँ ।‘

विश्वका ४९ देशका व्यक्तिहरुले अनलाईन मार्फत् प्रवेशाज्ञाका लागि निवेदन दिनसक्ने व्यवस्था गरिएको छ । प्रवेशाज्ञा पाउन अमेरिका, अष्ट्रेलिया, युरोपेली देशहरुलगायत रहेको वक्तव्यमा जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved