‘बजेटले पर्यटनलाई न्याय गरेको छ, अब कार्यान्वयनमा जुटौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 07:39:29 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन क्षेत्रमा आएको बजेटले पर्यटन व्यवसायी खृुशी भएका छन् । उनीहरुले अब कार्यविधि र कार्यान्वयनमा बजेटमा उल्लेख भएका विषय समेटेर पर्यटन क्षेत्रलाई गतिशिल बनाउनुपर्ने बताएका छन् । 

आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटन क्षेत्रमा कोरोना भाइरसका कारण पर्न गएको नकारात्मक प्रभावलाई मध्यनजर राख्दै पर्यटन व्यवसायीहरुलाई ५ प्रतिशत सहुलिय व्याजमा ऋण प्रदान गर्ने घोषणा गरेका छन् । सरकारले पर्यटन क्षेत्रका कर्मचारीहरुलाई पारिश्रमिक दिन तथा व्यवसाय सञ्चालन गराउन लागि आवश्यक पर्ने रकम व्यवस्था गर्न ५० अर्बको कोष स्थापना गर्ने र हवाईसेवा, होटल, ट्राभल, ट्रेकिङ, रेष्टुरेन्ट, पर्वतारोहण क्षेत्रको पुनउत्थान गर्न कर छुटको पनि सुविधा दिने घोषणा गर्नुले व्यवसायीका माग सम्बोधन भएको मान्नुपर्ने ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष खुम सुवेदीको भनाई छ । 

‘आजको बजेट भाषणमा पर्यटनबारे मा त्यती निराशजनक छैन । जस्तै पर्यटनलाई छुट्याएको बजेट, पुर्वाधारको बिकास, पर्यटक मजदुरहकुको लागी बैकल्पिक रोजगार, तालिम र राहतको कुरा, कर्जाको सुबिधा र ब्याजदर, कर छुट, नविन सुचना व्यवस्था प्रणाली लागु गर्ने कुरा सकरात्मक छन्’ उनले भन, ‘कार्यन्वयन भयो भने ठिक हुने थियो । मुख्यत: कार्यन्वयन हो ।’ 

अर्थमन्त्रीले सात ओटै प्रदेशमा पर्यटकीय पूर्वधार विकास गरिने, हिमाली तथा पहाडी क्षेत्रमा पर्यटनका सम्भावना पहिचान गरि पर्यटक आकर्षण गर्न, मौलिक संस्कृतिक विकास र प्रवद्र्धन गर्न १ अर्ब २६ करोड बजेट व्यवस्था गरेका छन् । टानका अध्यक्ष सुवेदीले पदयात्रा, हिमाल आरोहण, एयरलाइन्स, होटल, मजदूर लगायत सबै पक्षलाई मेन्सन नै गरेर आएको बजेट समग्रतामा राम्रो रहेको प्रतिक्रिया दिएका छन् । 

होटल संघ नेपाल (हान)की अध्यक्ष सिर्जना राणाले कर्मचारीको जागिर, संस्था/प्रतिष्ठान र मूलुकको पर्यटन बचाउन आउनुपर्ने बजेट नआएपनि समग्रतामा खासै अन्याय नगरेको बताएकी छिन् । उनले विमानस्थलको स्तरोन्नति गर्ने, अन्य पूर्वाधारको विकास गर्ने, नयाँ पर्यटकीय गन्तव्य विस्तार गर्ने र अन्तराष्ट्रिय स्तरका सेमिनार हल निर्माण गर्ने लगायत कुराले केही उत्साह थपेको बताएकी छिन् । 

‘देख्दा जेनेरल्ली त राम्रै छ’ उनले भनिन्, ‘नेपालमा कार्यान्वयन नहुने ठूलो समस्या ठूलो छ । अब त्यस्तो नहोस् ।’

अर्थमन्त्री डा. खतिवडाले बजेट भाषणमार्फत पर्यटक सूचना व्यवस्थापन प्रणाली लागु गर्ने, पर्यटन विश्व विद्यालय स्थापना गर्न सम्भावित अध्ययन गरिने र माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन बिषय पढाई हुने घोषणा पनि गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved