उद्योगी व्यवसायीलाई २ प्रतिशत ब्याज छुट दिने बजेटको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2021 | 02:38:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले उद्योगी व्यवसायीलाई राहत हुने गरि बजेट ल्याउने भएको छ । कोरोना महामारीबाट प्रभावित उद्योगी व्यवसायीलाई ब्याज छुट मार्फत बजेटले राहत दिने भएको हो ।

सरकार हाल आर्थिक वर्ष २०७८÷०७९ को बजेटको अन्तिम तयारीमा जुटेको छ । बजेटमा उद्योगी व्यवसायीहरुले लिएको ऋणमा २ प्रतिशत ब्याज छुट हुने व्यवस्था गर्न लागेको बजेट निर्माणमा प्रत्यक्ष रुपमा संलग्न रहेका एक अधिकारीले जानकारी दिए ।

ति अधिकारीले भने ‘कोरोना भाइरसका कारण उद्योगी व्यवसायीहरु मारमा परेका छन्, उनीहरुले लिएको अर्बौ ऋण छ, बैंकहरुले कम्तीमा २ प्रतिशत ब्याज छुट दिनुपर्ने व्यवस्था गर्दैछौँ, यो आवश्यक पनि छ ।’

ति अधिकारीका अनुसार कोरोनाबाट प्रभावित क्षेत्र तथा उद्योगहरुलाई बर्गिकरण गरि उद्योगी ब्यबसासायीलाई राहत हुने गरी बजेटले ब्यबस्था गर्ने छ । उनले रोजगारी सिर्जना गर्ने र कोभिड केन्द्रित बजेट आउने बताएका छन् । जति क्षमता हो सोही अनुसार व्यवहारिक बजेट आउने उनको भनाई छ ।

उद्योगी ब्यबसायीहरुले ब्याजदर एकल अंकको हुनु पर्ने, उद्योगको डिमाण्ड शुल्क छुट हुनु पर्ने, पुनार्कर्जाको सिम्मा बढाउनु पर्ने , करको दर घटाउनु पर्ने, लगायतका माग बजेट मार्फत सम्बोधन गर्न आग्रह गरेका छन् ।

सरकार जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छ । संसद विघटन भएकोले यस पटकको बजेट अध्यादेशबाट आउने छ । जेठ १५ मै बजेट ल्याउनु पर्ने संवैधानिक ब्यबस्था रहेको र संसद नरहेकोले अध्यादेश मार्फत बजेट आउने भएको हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved