पूर्व अर्थमन्त्री मञ्चले सरकारलाई भन्यो, ‘नियमित खर्च धान्ने मात्रै बजेट ल्याउ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2021 | 01:40:08 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व अर्थमन्त्री मञ्चले सरकारलाई अन्तरिम बजेट ल्याउन सुझाव दिएको छ । सरकार कामचलाउ भएकाले पूर्ण बजेट ल्याउन नमिल्ने भन्दै पूर्व अर्थमन्त्रीहरुको समूह पूर्व अर्थमन्त्री मञ्चले सरकारलाई अन्तरिम बजेट ल्याउन सुझाब दिएको हो ।

बहुमतको सरकार नभएको, सरकार कामचलाउ अवस्थामा रहेको, संसद पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको लगायतका अवस्था देखाउँदै मञ्चले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने उल्लेख गरेको हो । 

बुधबार बसेको मञ्चको बैठकमा पूर्वअर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, कृष्णबहादुर महरा, सुरेन्द्र पान्डे र वर्षमान पुन सहभागी थिए । बैठकपछि जारी भएको प्रेस विज्ञप्तिमा नियमित खर्च धान्ने गरी अन्तरिम बजेट ल्याउन भनिएको छ ।

बजेटले कोरोनाविरुद्धको खोप खरिदको विषयलाई पहिलो प्राथमिकता दिनुपर्ने मञ्चको जोड ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved