स्वास्थ्य मन्त्रालयलाई १ खर्ब २२ अर्ब बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 04:36:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले स्वास्थ्य मन्त्रालयको बजेट बढाएको छ  आर्थिक वर्ष ७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य मन्त्रालयको बजेट बढाएको बताएका हुन् 

उनले स्वास्थ्य मन्त्रालयलाई १ खर्ब २२ अर्ब ७७ करोड बिनियोजन गरेको बताएका हुन् । त्यस्तै उनले कोरोना  खोपको लागि २६ अर्ब ७५ करोड बिनियोजन गरेको बताएका हुन् । 

उनले सबै नागरिकलाई निशुल्क खोप लगाईने बताएका छन् । उनले कोरोना नियन्त्रण तथा रोकथामको लागि ३७ अर्ब ५३ करोड बिनियोजन गरेको बताएका छन् । 

उनले अक्सिजन प्लान्ट स्थापना गर्न आवश्यक उपकरण खरिद गर्दा लाग्ने भन्सार शुल्क छुट दिएको बताएका छन् । उनले सय शैया सम्मका सबै अस्पतालले अक्सिजन प्लान्ट स्थापना गर्नुपर्ने व्यवस्था गरिएको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved