बजेटको पहिलो प्राथमिकतामा कोभिड– १९,बेरोजगारीलाई रोजगारीको सुनिश्चितता गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 08:03:43 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थीक वर्ष ७८/७९ को बजेट कोभिड– १९ को रोकथाम, नियन्त्रण तथा उपचारको पक्षलाई पहिलो प्राथमिकतामा राखेर प्रस्तुत भएको छ । 

कोरोना महामारीले मुलुकलाई आक्रान्त पारिरहेको परिप्रेक्ष्यमा कोराना परीक्षणको दायरा विस्तार,उपचारको व्यवस्था स्वास्थ्य उपकरण तथा सामग्रीको आपूर्ति, निःशुल्क खोपको सुनिश्चितता, स्वास्थ्य पूर्वाधार विकास र चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूको प्रभावकारी परिचालन गर्ने विषय पहिलो प्राथमिकतामा राखेको हो । 

कोभिड– 19 बाट प्रभावित परिवारलाई राहत, निजीक्षेत्रलाई प्रोत्साहन, सहुलियत र पुनरूत्थानका माध्यमबाट आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य बजेटले लिएको छ । श्रम बजारमा प्रवेश गर्ने तथा रोजगारी गुमाएका श्रमिकलाई काम र रोजगारीको सुनिश्चितता गर्ने पक्षमा बजेटले प्राथमिकता दिएको छ । 

सबै नेपालीलाई जीवनचक्रमा आधारित सामाजिक सुरक्षा र संरक्षण दिने तथा कृषि उत्पादन एवम् उत्पादकत्व अभिवृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति गर्ने तर्फ बजेट केन्द्रित छ । 

बजेटको प्राथमिकतामा जीवनपयोगी एवम् सीपयुक्त शिक्षाका लागि पूर्वाधारमा लगानी गर्ने, तीव्र औद्योगिकीकरण र शीघ्र प्रतिफल प्राप्त हुने रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्ने विषय समावेश छन् । 

संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य मार्फत सन्तुलित विकास गर्ने बजेटको उद्देश्य छ । सबै प्रकारका विभेद र असमानताको अन्त्य, समन्यायिक विकास र विकासका प्रतिफलमा न्यायपूर्ण पहुँच विस्तार गर्न बजेट केन्द्रित छ । उत्तरदायी शासकीय व्यवस्था, शान्ति सुरक्षाको प्रत्याभूति, भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा प्रभावकारिता कायम गर्नु बजेटको प्रमुख प्राथमिकता अन्तर्गत रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved