बजेटले दिएको भन्सार छुटलाई लिएर २ औद्योगिक संगठनबीच झगडा, विवाद के हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2022 | 05:17:29 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक वर्षको बजेटले दिने भनेको भन्सार छुटका बारेमा नीजि क्षेत्रका २ संगठनबीच आरोपप्रत्यारोप चुलिएको छ । 

बजेटमा बिस्कुट उद्योगलाई ५ प्रतिशत भन्सार महशुल तिरेर पाम आयल, पामोलिन जस्ता कच्चा पदार्थ आयात गर्न दिने व्यवस्था गरिएपछि नेपाल वनस्पति घिउ तेल उत्पादक संघ र नेपाल बिस्कुट उत्पादक संघबीच आरोप प्रत्यारोप सुरु भएको हो । 

भन्सार महशुल घटाएर पाम आयल, पामोलिन आयात गर्न दिने व्यवस्थाप्रति वनस्पति घिउ तेल उत्पादक संघले बुधबार विरोध जनाएको थियो । शुक्रबार नेपाल बिस्कुट उत्पादक संघले वनस्पति घिउ तेल उत्पादक संघलाई काउन्टर दिँदै अर्को विज्ञप्ति जारी गरेको हो ।

घिउ तेल उत्पादक संघले उपभोक्तालाई प्रत्यक्ष राहत दिन खाने तेलको महशुल दर कम गर्नुको सट्टा बिस्कुट र चाउचाउ उद्योगहरुलाई कम महशुलमा प्रशोधित पाम र पामोलिन तेल आयात गर्न दिनु गलत भएको बताएको थियो ।

संघले कच्चा पदार्थ भन्दा बढी मूल्यमा तयारी बस्तु आयात गर्न दिनु सबै हिसाबले गलत भएको दाबी गरेको थियो । 

तर, आज नेपाल बिस्कुट उत्पादक संघले आफ्नो उद्योगलाई चाहिने कच्चा पदार्थ आयातमा सुविधा दिँदा किन टाउको दुखेको ? भन्दै प्रश्न गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved