बजेट बिहान १० बजे प्रस्तुत गरिनुपर्छ, बजेटको दिन भन्सार नाका बन्द हुनु हुदैन: पशुपति मुरारका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 08:48:56 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगी पशुपति मुरारकाले बजेट प्रस्तुत हुने दिन सम्पूर्ण उद्योग, व्यावसाय बन्द गर्नु गलत रहेको बताएका छन् । बजेट भाषण नहुन्जेल भन्सार कार्यालयहरू बन्द रहने र उद्योगहरूबाट बिक्री बन्द गर्नुपर्ने अवस्था आउनु ठिक नभएको उनले बताएका हुन् ।

उनले यसको समाधानको लागि बजेट बिहान १० बजे प्रस्तुत गर्ने व्यवस्था हुनु गरिने पर्ने बताएका छन् । उनले भनेका छन् 'भोलि बजेट भाषण नहुन्जेल भन्सार कार्यालयहरू बन्द रहने, उद्योगहरू बाट बिक्री बन्द गर्नुपर्ने। यसरी एक दिनका लागि सम्पूर्ण उद्योग, व्यावसाय बन्द गर्नु भन्दा बजेट नै साझको सट्टा बिहान दश बजे प्रस्तुत गरिनुपर्छ।'

हिजो आइतबार रातीदेखि देशभरका भन्सार कार्यालयहरु बन्द भएका छन् । आज जेठ १५ गते सोमबार बजेट सार्वजनिक हुने र बजेटमार्फत नयाँ करका दरहरु आउने भएकाले हिजो रातीबाट भन्सार नाकाहरु बन्द गरिएको छ । उद्योगी मुरारका यसमै विरोध जनाएका हुन्  । 

तर अर्थमन्त्रालयले भने भन्सार बन्द गर्ने नियमित प्रक्रिया नै भएको बताएको छ । ‘राजस्वका कामहरु बन्द हुने हो, राजस्व सम्बन्धि धेरैजसो कामहरु भन्सारबाट हुने हुँदा बजेट नआउन्जेल सम्मका लागि भन्सार नाकाहरु बन्द गरिएको हो’ अर्थ स्रोतले भन्यो ।  ‘यो नियमित प्रक्रिया नै हो, बजेट पेश नगरुन्जेल भन्सार कार्यालयहरु बन्द हुन्छन् ।’

सोमबार बेलुकाबाट बजेटले गरेका नयाँ व्यवस्था अनुसार अर्थात् भन्सार तथा राजस्वका परिवर्तित दर अनुसार नै भन्सार जाँचपास सूचारु हुनेछ । बजेटबाट परिवर्तित राजश्वका दरहरु अर्थ मन्त्रालयले प्रणालीमा सेट गरिदिने भएकाले बजेट वक्तव्य लगत्तै भन्सार सूचारु हुनेछ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved