
 2mb (1).gif)
आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।
बैठकमा आज पनि बजेट माथिको छलफल सुरु हुने छ । हिजो बैठकमा अर्थ मन्त्री डा. प्रकाश शरण महतले वक्तव्य सहित “ आ.व. २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसपछि आ.व. २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ भएको थियो। गत जेठ १५ गते अर्थमन्त्री डा. महतले आर्थिक वर्ष २०८०/८१ को लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएका थिए।
हिजोको बैठकमा विपक्षी दलले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको विषय र प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा लिम्पियाधुरा तथा लिपुलेकबारे सोच्न सकिने भन्दै दिएको अभिव्यक्तिबारे प्रष उठाएका थिए । यस बारे प्रधानमन्त्रीले संसदमा जवाफ दिएका थिए ।