अर्थमन्त्रालयद्वारा उपनिर्वाचनका लागि आयोगलाई १० करोड रुपैयाँ बजेट स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2024 | 05:23:11 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बजेट खर्च गर्न स्वीकृति दिएको छ। मन्त्रलायले इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचन र बझाङ क्षेत्र नम्बर एक को प्रदेश सभा -१ मा हुन गैरहेको उपनिर्वाचनको खर्चका लागि निर्वाचन आयोगलाई दश करोड स्वीकृत गरेको हो। 

आयोगले इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचन र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा हुन लागेको उपनिर्वाचनका लागि अर्थ मन्त्रालयसँग १० करोड रकम मागेको थियो ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाकाअनुसार आयोगले मागेअनुसार मन्त्रालयले रकम खर्च गर्न स्वीकृति प्रदान गरेको हो। आयोगले मागेको रकममध्ये झन्डै ८ करोड रुपैयाँ खर्च हुने  अनुमान रहेको उनको भनाई छ ।

उपनिर्वाचनमा मतगणना कार्य मतदानस्थलबाटै गर्न खोजे पनि कानुनी जटिलताका कारण गर्न नसिकिएको थपलियाले जानकारी दिए।  चैत २२ गते अन्तिम मतदाता नामावली निकाल्ने २४ गते उम्मेदवारी दर्ता गरि २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने गरि तयारी भइरहेको पनि बताए। 

निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत चयनका लागि न्यायाधीशहरूको नाम प्राप्त भएको र चैत २२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए। 

यो उपनिर्वाचनमा उम्मेदवारी परे अनुसार मात्र मतपत्रमा चुनाव चिह्न राखिने भएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि कति उम्मेदवारी परेको छ, त्यतिमात्रै मतपत्रमा चिन्ह राखिने आयोगका प्रवक्ता पौड्यालले जानकारी दिए।  इलाममा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा भाग लिनका लागि २० राजनीतिक दल आयोगमा दर्ता भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved