को को बसेर लेख्दैछन् आगामी वर्षको बजेट ? यस्तो बन्यो समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2024 | 05:13:15 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री वर्षमान पुनले बजेट मस्यौदा लेखन समिति गठन गरेका छन् । अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य लेखनका लागि समिति गठन गरेका हुन् ।

सहसचिव धनिराम शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिवहरु रितेश कुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, इश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् । समितिमा सदस्य रहेका शर्मा बाहेक सबै अर्थ मन्त्रालयमै कार्यरत छन् भने शर्मा भने आन्तरिक राजस्व विभागमा उपमहानिर्देशक छिन् ।

समिति संयोजक शर्माले भोली शनिबार नै बैठक बसेर समितिले काम सुरु गर्ने बताएका छन् । विषयगत मन्त्रालयसँग समन्वय र छलफल गर्दै तत्काल बजेट लेखनको काम सुरु गर्ने उनको भनाइ छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved