महालक्ष्मी लाइफ माघ २७ देखि संचालनमा आउने, सर्वसाधारणलाई ६० करोडको आईपिओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2019 | 02:26:14 PM मा प्रकाशित

laxmi bank

विभिन्न कारणले लामो समयदेखि अड्किएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड माघ २७ गतेबाट सञ्चालनमा आउने भएको छ। सर्बोच्च अदालतले दोस्रो पटक कम्पनीको पक्षमा फैसला गर्दै कम्पनीलाई लाइसेन्स दिन बिमा समितिको नाममा आदेश जारि गरेपछि कम्पनी संचालनमा आउने बाटो खुलेको हो  । 

कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भईसकेका छन् । कम्पनीको जारी पूँजी २ अर्ब रुपैयाँ छ। जस मध्ये संस्थापकको १ अर्ब ४० करोड रहेको छ । कम्पनीको संस्थापकको रुपमा मेगा बैंक, ज्योति विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक, ओम डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक समेत रहेका छन्। कम्पनीले ६० करोडको आईपिओ जारि गर्ने छ । 

कम्पनीले आगामी चैतसम्म १३ वटा र आगामी असारसम्म २५ वटा शाखा संचालनमा ल्याउने लक्ष्य लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved