
जनरल ईन्स्योरेन्सको बीमा सुविधा सिटिजन्स बैंकबाट प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सम्झौता भएसँगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने भएका हुन् ।
सम्झौतामा बैंकको तर्फबाट नि।प्रमुख कार्यकारी अधिकृत गणेश राज पोख्ररेल र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले हस्ताक्षर गरे ।