
 2mb (1).gif)
अजोड़ इन्स्योरेन्स लिमिटेड र सुमेरु हस्पिटल धापाखेलबीच नगद रहित उपचार सेवा सम्बन्धमा सम्झौता भएको छ। सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र अस्पतालको तर्फबाट दिलिप कुमार डंगोलले हस्ताक्षर गरेका छन।
सम्झौताअनुसार अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा सुमेरु हस्पिटलबाट क्यासलेस अर्थात नगद रहित उपचार सेवा उपयोग गर्न पाउने छन।