रिलायन्स लाइफले ल्यायो बिमा इतिहास कै नौलो सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2019 | 05:24:21 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्सले ३६५ दिन नै २४ सै घण्टा खुल्ला रहने सम्पर्क केन्द्र संचालनमा ल्याएको छ । उक्त केन्द्रको बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाइ र इन्स्योरेन्सका अध्यक्ष तारा चन्द केडियाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

यस केन्द्रबाट ग्राहकले जीवन बिमा, कम्पनी तथा कम्पनीबारेको परामर्श  लिनुको साथै ग्राहक र अभिकर्ताले सल्लाह, सुझाव र गुनासो गर्न सक्ने छन् । साथी उनीहरुले सल्लाह र सुझाव लिन पनि सक्ने छन् । फोन,  फेसबुक, भाइबर, ट्वीटर , वेबसाइट, इमेल र मोबाइल एपबाट सल्लाह सुझाव लिन र दिन सकिने साथै गुनासो गर्न सकिने कम्पनीले जनाएको छ । 


कम्पनीले वेबसाईटको च्याट पनि रियल टाइममा नै रेस्पाेन्स हुने जनाएको छ । पोलिसि खरिद गर्नेले पनि प्रिमियमबारेको जानकारी १ कल मै पाउन सक्ने छन् । 

नेपालको विमा इतिहास मै पहिलो पटक यस्तो सुबिधा ल्याएको कम्पनीले जनाएको छ । यसबाट बिमा क्षेत्रको गुणस्तर वृद्धिमा उलेख्य योगदान पुग्ने कम्पनीले विश्वास लोएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved