आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी नियुक्त भएका छन । कम्पनीको संचालक समितिले रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । यसअघि रेग्मी कम्पनीमा नायव महाप्रन्धकका रुपमा कार्यरत थिए ।
स्नातकोत्तर तह उतिर्ण गरी २७ बर्षदेखि निर्जीवन बीमा तथा बित्त क्षेत्रमा कार्यरत रेग्मीले तत्कालिन एनआईडिसी क्यापिटल मार्केट् हाल सनराईज क्याटिलमा २ बर्ष, युनाईटेड इन्स्योरेनसमा ७ बर्ष, सगरमाथा इन्स्योरेन्समा ८ बर्ष, तत्कालिन सिद्धार्थ डेभलपमेण्ट बैंकमा ६ बर्ष र आइएमई जनरल इन्स्योरेन्समा ४ बर्ष काम गरेका छन् ।
रेग्मीलाई कम्पनीको संचालक समितिले मंसीर १० गते देखि लागु हुनेगरी डिसिइओको जिम्मेवारी दिएको हो ।