आईएमई लाइफको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 06:39:03 PM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा चन्द्रागिरी हिल्समा सभा सम्पन्न भएको हो । 

सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७४-०७५ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७४-०७५ को वासलात, नाफा—नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय विवरण स्वीकृत गर्ने ,कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७५-०७६ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने कार्य गरेको कम्पनिले जनाएको छ । 

सभामा कम्पनीका सञ्चालक समितिका सदस्यहरु, संस्थापक शेयरधनीहरु, व्यवस्थापन समिति तथा अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved