महालक्ष्मी लाइफको नाफा १४२ प्रतिशतले बढ्यो, बीमा शुल्क बढ्दा दाबी भुक्तानी शुन्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2020 | 11:18:55 AM मा प्रकाशित

laxmi sunrise bank

महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेक्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। महालक्ष्मी लाइफको नाफा यस अवधिमा १४१ प्रतिशतले बृद्धि भएको छ । यस अवधिसम्म कम्पनीले ५ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

त्यस्तै महालक्ष्मी लाइफले २८ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीले २८ करोड ७२ लाख ३१ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको हो। तर कम्पनीमा कुल दाबी भुक्तानी भने शुन्य छ।  

दोस्रो त्रैमासको अवधिमा महालक्ष्मी लाइफ इन्स्यारेन्सले जीवन बीमा कोष ४२  करोड रुपैयाँ पुर्‍याउन सफल भएको छ  ।यस अवधिमा इन्स्योरेन्सको जीवन बीमा कोष ४२ करोड ३४ लाख १३ हजार रुपैयाँ रहेको छ ।  कम्पनीले दोस्रो त्रैमासको अवधिमा ६ हजार ७६९ वटा बीमालेख जारी गर्न सफल भएको छ । 

त्यस्तै, कम्पनीले यस अवधिमा चार करोड १७ लाख १७ हजार रुपैयाँ अभिकर्ता कमिशन वापत खर्चेको छ । कम्पनीले ९ लाख ६६ हजार रुपैयाँको खुद दावी भुक्तानी गरेको छ । चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५ करोड ७६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको महाविपत्ती जगेडा कोषमा ६४ लाख रुपैयाँ रहेको छ । 

कम्पनीको बीमाङकीय मूल्याङ्कन अघिको खुद नाफा ५ करोड १८ लाख रुपैयाँ रहेको छ । बीमाङकीय मूल्याङ्कन पछि कम्पनीको यो  नाफामा फेरबदल आउन सक्नेछ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved