
ज्योति लाईफ इन्स्योरेन्सले धनगढीमा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईंले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बीमा समितिकाकार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा सल्लाहकार भोजराज शर्मा लगायत कम्पनीका पदाधिकारी पनि उपस्थित थिए ।
कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले कम्पनीका बीमा योजनाले पूराना कम्पनीहरुलाई चुनौती दिन सफल भएको दाबी गरेका थिए । कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले छोटो समयमै बीमाको दायरा ६ बाट २२ प्रतिशत पु¥याउन सफल भएकोमा बीमा कम्पनीहरुलाई बधाई समेत दिए ।
ज्योति लाइफले हाल ११७ वटा शाखामार्फत सेवा दिँदै आएको छ ।