बीमा विधयेकमा विज्ञले दिए यस्ता सुझाव, सेवा शुल्क ७५ प्रतिशतले घटाउन माग

हरेक वर्ष कम्पनी नवीकरण गर्नु पर्ने प्रावधान हटाउन सुझाव
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2020 | 04:07:08 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विके श्रेष्ठले हरेक वर्ष बीमा कम्पनी नवीकरण गर्नु पर्ने प्रावधान हटाउन माग गरेका छन् । संघिय संसद प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिमा भएको बीमा विधयेक माथिको छलफलमा उनले नवीकरणको प्रावधान हटाउन माग गरेका हुन् । 

प्रस्तावित विधेकको दफा ३३ मा बीमा कम्पनी प्रत्येक पर्ष नविकरण गर्नु पर्ने व्यवस्था रहेको छ । यो व्यवस्था ब्यबहारिक नभएकोले हटाउन उनले माग गरेका हुन्  ।

त्यस्तै उनले समितिले बीमा कम्पनीहरुसँग लिने सेवा शुल्क घटाउन माग गरेका छन् । हाल समितिले कम्पनीहरुसँग कुल बीमा शुल्कको १ प्रतिशतको दरले वार्षिक सेवा शुल्क लिने गर्छ । प्रस्तावित विधेयकमा यसलाई ० दशमलव ७५ प्रतिशतमा झार्ने व्यवस्था गरिएको छ । अध्यक्ष श्रेष्ठले त्यसलाई अझै झारेर ० दशमलव २५ प्रतिशत बनाउन प्रस्ताव गरेका हुन् । कम्पनीहरुको संख्या धेरै भएकाले समितिले लिने सेवा शुल्क घटाउन उनले माग गरेका हुन्  । ‘लाइफ, नन लाइफ साथै लघु बीमाको समेत परिकल्पना गरेको विधेयक भएकाले शुल्क घटाउनु पर्ने उनको माग छ। 

बीमा समितिका पूर्व अध्यक्ष  फत्त बहादुर केसीले ऐन छिटो पारित हुुनु पर्ने बताए । छलफलमा बोल्दै उनले कम्पनीहरुको संख्या बढ्दै गएको र हालको कानुनमा जोखिम बहनको ब्यबस्था नरहेकोले नयाँ विधयेक छिट्टै पारित गर्नु पर्ने बताएका हुन् । उनले प्रश्न गर्दै भने 'केही गरी यो विधयेक नआउदै यी बीमा कम्पनीमा ठुलो दुर्घटना आए कसले जोखिम बहन गर्छ? ' 

छलफलमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र वैदवारले बीमालाई संस्कारको रुपमा स्थापित गर्नु पर्ने बताए । बीमाको पहुँचलाई बढाउनका लागि बीमालाई संस्कारको रुपमा नै स्थापित गर्नु पर्ने कुरामा उनको जोड छ ।' आर्थिक घटनामा हुने जोखिमलाई कम गर्न बीमा बाहेक अन्य पक्षले सक्दैन् । बीमा नै एउटा यस्तो आर्थिक संयन्त्र हुन सक्छ ।' उनले भने । सरकारले बाध्यतात्मक बीमा  गराएको भरमा नै नेपालका बीमा कम्पनीहरु चलेका छन् । नेपालका बीमा कम्पनीहरुले आफैले जनता सामु कन्भिन्स गरेर ल्याएको बीमाको शुल्क कम रहेको दावी गरे । 

बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा अर्थ समितिले आज बीमा सम्बन्धी विज्ञहरुसँग छलफल गरेको हो । लामो समयदेखि रोकिएको बीमा विधेयक  बिभिन्न क्षेत्रका विज्ञलाई सहभागी गराएर सुझाव लिएको हो । छलफलमा बीमा समितिका पूर्व अध्यक्ष फत्त बहादुर केसी, प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विके श्रेष्ठ, सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र वैदवारको उपस्थित रहेको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved