
बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले कोरोना भाइरस बिरुद्द लड्न २ करोड दिने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणको लागि नेपाल सरकारले बनाएको रोकथाम नियन्त्रण तथा उपचार कोषमा समितिले २ करोड रुपैयाँ दिने भएको हो ।
सोमबार साँझ बसेको समिति संचालक समितिको बैठकले उक्त रकम दिने निर्णय गरेको हो ।