नेपाल लाइफको कार्यवाहक सिइओमा प्रसाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 02:52:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स Nepal Life Insurance Company Limited  को कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई नियुक्त भएका छन् ।  प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै साउन १ गतेबाट  उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाएका हुन् ।

असार ३१ गते बसेको संचालक समितिको बैठकले उनलाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको कम्पनीले जनाएको छ । प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन् । उनीसंग बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षसम्म काम गरेको लामो अनुभव समेत छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved