आर्थिक वर्ष ७६/७७ मा एभरेष्ट इन्स्योरेन्स Everest Insurance Company को नाफा ३८१ प्रतिशतले बढेको छ। आर्थिक वर्ष ७६/७७ मा कम्पनीले ४ करोड १ लाख नाफा कमाएकोमा अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा बढेर १९ करोड ३१ लाख पुगेको छ ।
त्यस्तै कम्पनीले यस अवधिमा ४० करोड ८५ लाख बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको बीमा शुल्क आर्जन ३८ करोड ९२ लाख थियो ।
त्यस्तै कम्पनीको बीमा कोष ११ करोड ८५ लाखबाट बढेर १६ करोड ८९ लाख पुगेको छ । यस अवधिमा कम्पनीले १६ करोड ८९ लाख दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ११ करोड ८५ लाख दाबी भुक्तानी गरेको थियो । कम्पनीको पोलिसी बिक्रिमा भने १२.११ प्रतिशतले गिरावट आएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड रहेको रहेको छ भने रिजर्भमा २७ करोड ४५ लाख रहेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७.६१, मूल्य आम्दानी अनुपात २३.३८ गुणा र नेट वर्थ ४१२ रहेको छ।