
बीमा समितिले बीमा कम्पनीहरुलाई आलोपालो रुपमा कर्मचारी कार्यालयमा उपस्थित गराई सेवा दिन निर्देशन दिएको छ ।
नेपाल सरकार मन्त्रीपरिषदको साउन २६ गतेको निर्णय समेतका आधारमा बीमा कम्पनीका कर्मचारीहरुको एकैपटक कार्यालय आवत जावत र कार्य सम्पादन गर्दा कोभिड १९ संक्रमण बढ्ने हुँदा सजगता अपनाई कर्मचारीहरुलाई आलोपालो गरी बढीमा ५० प्रतिशत कर्मचारीबाट कार्यसम्पादन गर्न निनर्देशन दिएको हो ।
साथै, सवारी साधनमा जोर विजोर प्रणाली अपनाई कार्यालय सञ्चालन गर्न तथा कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको छ ।