१९.७८ प्रतिशतले खुद बीमाशुल्क बढाउन सफल नेपाल लाइफको अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 10:32:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ Nepal Insurance Company ले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले बीमा कम्पनीहरुको प्रमुख सुचक मानिने खुद बीमाशुल्क १९.७८ प्रतिशतले बढाउन सफल भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले २७ अर्ब ३४ करोड ३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले २२ अर्ब ८२ करोड ५० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । 

असार मसान्तसम्ममा इन्स्योरेन्सले ५३ करोड ३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१ लाख रुपैयाँ बढी हो ।

बीमा कम्पनीहरुको वास्तविक मुनाफा एक्चुअरी भ्यालुएसन रिपोर्ट आएपछि मात्र देखीने र बीमा कम्पनीले वार्षिक विवरणलाई मात्रै एक्चुअरी भ्यालुएसनको लागि पठाउने हुँदा यो नै इन्स्योरेन्सको वास्तविक मुनाफा भने होइन । 

५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ३ अर्ब ५० करोड ७७ लाख रुपैयाँ, जीवन बीमा कोषमा ८७ अर्ब २ करोड र महाविपत्ती कोषमा ५५करोड ४९ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सको यस्ता कोषहरुमा क्रमशः २ अर्ब ४३ करोड, ६५ अर्ब ३६ करोड र ४३ करोड रुपैयाँ थियो ।

अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ८८ करोड रुपैयाँ बीमालेख धितोमा कर्जा लगानी गरी १ अर्ब ८ करोड रुपैयाँ कमाएको यस इन्स्योरेन्सले गत आर्थिक वर्षमा १७ अर्ब ७ करोड यस्तो कर्जा लगानी गरी १ अर्ब ५८ करोड रुपैयाँ कमाएको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको खुद दाबी भुक्तानी ५ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । 

हालसम्ममा १ खर्ब १९ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको यस इन्स्योरेन्सले गत आर्थिक वर्षमा २७ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । असार मसान्तसम्ममा इन्स्योरेन्समा १३ लाख ४ हजारभन्दा बढी बीमालेखहरु जारी भएका छन् । सो अवधिसम्ममा ४० हजार २४३ दाबी बापत ६ अर्ब ६७ करोड रुपैयाँ भुक्तानी गरेको छ । भने १ अर्ब ६१ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved