यूनियन लाईफ इन्स्योरेन्स Union Life Insurance Company ले व्यतित भएको बीमालेखको ब्याज छुट दिने भएको छ । यससंगै भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित भएकोहरुले ब्याज छुट पाउने भएका हुन् ।
ब्याज छुट पाउन असोज २८ गते देखि कार्तिक ३ गतेसम्म नवीकरण गराउनु पर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसरी नवीकरण गराएमा शत प्रतिशत ब्याज छुट हुने छ ।
नवीकरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त हुने जनाइएको छ ।