
एनआईसी एशिया लघुवित्तले आफ्ना सदस्यलाई बीमा रकम प्रदान गरेको छ । संस्थाले ज्योति लाईफ ईन्स्योरेन्ससँगको सहकार्यमा संस्थाको सदस्य र सदस्यको परिवारको दुर्घटना बीमा गर्दै आईरहेको छ । संस्थाको बेलाशपुर शाखाले आफ्नो सदस्यको श्रीमतिको मृत्यु भएपछि उक्त रकम मृतकको श्रीमान नगेन्द्र दास पटनावरलाई हस्तान्तरण गरेको हो ।
एनआईसी एशिया लघुवित्तले हाल १२० शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।