१० जना कर्मचारीबाट काम गर्न कम्पनीहरुलाई बीमा समितिको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2021 | 06:46:58 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले कोरोना महामारीका कारण गरिएको निषेधाज्ञाको समयमा बीमा कम्पनिहरुले कार्यालय सञ्चालन गर्दा सेवा अवधिभर जनस्वास्थ्य र सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न निर्देशन दिएको छ । 

बुधबार सुचना सार्वजनिक गर्दै समितिले केन्द्रिय कार्यालय सञ्चालन गरि बढिमा १० जना मात्र कर्मचारी उपस्थित गराई सुरक्षित तवरले सेवा प्रवाह सुनिश्चित गर्न अनुरोध गरेको हो ।

समितिले शाखा सञ्चालन नगरी केन्द्रिय कार्यालयबाटै कर्मचारी राखेर काम गर्न अनुरोध गर्दै आवातजावतका लागी पहेँलो रंगको पास उपलब्ध गराईने जानकारी दिएको छ । काठमाडौँ उपत्यका बाहिरका कार्यालय सञ्चालनको हकमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी काम गर्न निर्देशन दिएको छ । 

समितिले बीमितहरुका लागी सेवा लिन विद्युतिय माध्यमबाट शुल्क संकलन गर्ने व्यवस्था मिलाउँन र असहज भएको खण्डमा निशेधाज्ञा समाप्त भएको १५ दिन सम्म ब्याज नलिई संकलन गर्ने व्यवस्था मिलाउँन बीमा कम्पनिलाई आग्रह गरेको छ । 

निशेधाज्ञा अवधिको समयभित्र बीमा अवधि समाप्त भएको बीमालेखको हकमा सम्बन्धित बीमितको विद्युतिय माध्यमबाट प्राप्त लिखित अनुरोधमा बीमालेख नविकरण गर्न र जीवन बिमकको अवधि समाप्तिपछि सिधै बीमितको खातामा जम्मा हुने व्यवस्था मिलाउँन बीमा समितिले सबै बीमा कम्पनिलाई अनुरोध गरेको छ ।


 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved