लघुबीमाबारे अध्ययन गर्न कमिटि गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2021 | 09:23:34 AM मा प्रकाशित

laxmi sunrise bank

बीमा समितिले लघुबीमाबारे अध्ययन गर्न कमिटि गठन गरेको छ । बीमा समितिले समितिका निर्देशक सुशीलदेव सुवेदीको संयोजकत्वमा ४ सदस्यीय अध्ययन कमिटि गठन गरेको हो । समितिमा समितिकी उपनिर्देशक पुनम ज्ञवाली, सगरमाथा इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षत्री र सिटिजन लाइफका सीईओ पोषकराज पौडेल सदस्य रहेका छन् ।

लघुबीमाको दायरा अझै पनि विस्तार हुन नसकेकोले लघुबीमाको विस्तारमा केकस्ता समस्या छन् भनेर अध्ययन गर्न कमिटि गठन गरेको हो।  कमिटिले लघुबीमाको व्यवसाय विस्तार गर्न केकस्ता काम गर्नुपर्छ भन्ने विषयमा सुझाव दिनेछ । 

कमिटिले २० दिनको समय पाएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved