बाढी पहिरोको क्षतिपछि बीमा कम्पनीहरुमा झन्डै २ अर्बको माग दाबी, कुन शिर्षकमा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2021 | 05:16:42 PM मा प्रकाशित

laxmi  sunrise bank

देशको विभिन्न स्थानमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक क्षति वापत निर्जीवन कम्पनीहरुमा झन्डै २ अर्बको माग दाबी परेको छ । २० वटै निर्जीवन कम्पनीमा गरेर कुल १ अर्ब ९२ करोड ३ लाख ४८ हजार बराबरको माग दाबी परेको बीमा समितिले जनाएको हो । 

समितिका अनुसार अविरल वर्षा सुरु भएपछि असार २३ गतेसम्मको अवधिमा सम्पति बीमा, मोटर बीमा, कृषि तथा पशुपन्छी बीमा, इन्जिनियरिङ बीमा, र विविध बिमा अन्तर्गत बिमितहरुबाट ३३१ वटा बीमाको माग दाबि परेको हो । 

कुल माग दावी मध्ये १४१ वटा सम्पति बीमाको बीमा मागदावी ६९ करोड ३६ लाख, ३३ वटा मोटर बीमाको मागदावी ४ करोड ७५ लाख, ५ वटा सामुन्द्रिक बीमाको १९ लाख ८१ हजार, ६ वटा कृषि बीमाको १ करोड ६२ लाख, ५ वटा पशु पन्क्षी बीमाको २ करोड ३८ लाख र विविध तर्फ २ वटा बीमाको १ करोड ५५ लाख निर्जीवन बीमा मागदाबी परेको समितिले जनाएको छ । 

इन्जिनियरिङ बीमा तर्फ क्षति भएका १०७ वटा निर्माणाधीन आयोजन बीमाको मागदावी ९० करोड ७ लाख, ८ वटा निर्माण सम्पन्न आयोजना बीमाको ११ करोड ७० लाख, १८ वटा हेभी इक्वेपमेन्ट बीमाको ८ करोड ८४ लाख र अन्य ६ वटा बीमाको १ करोड ५३ लाखको माग दावी परेको समितिले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved