व्यवसायीले विरोध गरेपछि प्रिमियम दर बढाईएको विषयमा बोल्यो बीमक संघ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2021 | 06:44:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमक संघले बीमितको सम्पतीलाई आवश्यक रक्षावरण गरि भविश्यमा हुन सक्ने क्षतिको पुर्ण रूपले समयमै भुक्तानी गर्न सक्ने मुल उद्देश्य साथ नन ट्यारिफ बिजनेशको लागि नयाँ प्रिमियम दर ल्याईएको जनाएको छ । संघले  संघको पहलमा विभिन्न चरणमा भएको छलफल र अध्ययन पश्चात Minimum Premium Rate For Non Tariff Insurance Business को खाका सहित बीमा समिति, नेपालका पुनर्बीमा कम्पनी तथा सम्पुर्ण निर्जीवन बीमकहरू सहभागी भई संयुक्त अतक्रीया तथा छलफलवाट आएको सझावहरू तथा बीमाको अन्तर्राष्ट्रिय मुल्य र मान्यताको आधारमा जोखिम अनुसार उचित प्रिमियम दर तथा शर्तहरू निर्धारण गरी नियामक निकाय बीमा समितिमा सिफारिश गर्ने निर्णय भएको जनाएको हो। 

संघले विज्ञप्ति जारी गर्दै  बीमा समितिबाट असोज ६ मा जारी भएको Minimum Premium Rate For Non Tariff Insurance Business निर्देशनले नेपालको बीमा क्षेत्रको विकासमा कोषेढुंगा सावित भएको, बीमितको सम्पतीको बीमायोग्य सुरक्षण प्रदान गरेको, अन्तर्राष्ट्रिय उच्च स्तरको ख्यातीप्राप्त पुनर्बीमकहरूमा जोखिम हस्तान्तरण गर्न सक्ने भएको हुँदा उक्त निर्देशन आवश्यक भएको उल्लेख गरेको छ।

यस्तो छ संघको विज्ञप्ति :

जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम बीमा हो । बीमा गरिएको आधारमा हुने जोखिमको क्षतिपूर्तिको भाग बीमितवाट बीमा कम्पनीमा सार्ने काम गरिन्छ । बीमा गरिए पश्चात् बीमा गरिएको सम्पतीमा तोकिएको जोखिमवाट हानी-नोक्सानी भएमा आफूले स्वीकार गरे अनुसारको मूल्याङ्कनबाट बीमा कम्पनीले क्षती वापतको क्षतिपूर्ति रकम बीमितलाई व्यहोर्ने गर्दछन् । बीमाको सर्वमान्य सिद्धान्त क्षतिपूर्ति दिनु हो । जोखिम हस्तान्तरण बीमाको मुल मेरुदण्ड भएकोले प्रत्येक जोखिमको पुनर्बीमा हुनु नितान्त आवश्यक छ ।

नेपालको पुर्वाधाधर विकासमा भएको बृद्धिसँगै ठुला ठुला आयोजनाहरूको कार्य अगाडि वढदै गएको अवस्था एकातिर छ भने देशको भौगोलिक जटिलता र वारम्वार भईरहने दैविप्रकोप, दुर्घटना जस्ता कारणले क्षतिमा समेत अत्यधिक बृद्धि भएको अवस्था विगतको तथ्याङ्कवाट देखिन्छ । तत्कालिन अवस्थामा इन्जिनियरीङ बीमा लगायतमा नियामक निकायवाट जोखिमको आधारमा न्युनतम बीमा दर (Tariff) जारी नहुदा जोखिमको आधारमा वास्तविक प्रिमियम दर निर्धारण नभई ज्यादै न्युन दर कायम भई बीमा कम्पनीवाट बीमा स्वीकार गर्दा उक्त जोखिम हस्तान्तरण गर्ने प्रकृया अन्तर्गत विदेशी पुनर्बीमकहरू जोखिम लिन तयार नभएको अवस्थामा परियोजना लगातयका बीमालेखहरूको जोखिमको शत प्रतिशत पुनर्बीमा सुरक्षण हुन अप्ठ्यारो भएको र उच्च स्तर भएको ख्याती प्राप्त विदेशी पुनर्बीमकहरू सहभागी नहुने अवस्थाले क्षतिको दाबी भुक्तानीमा समेत नकारत्मक असर परेको अनुभव बीमा क्षेत्रमा कायमै रहेको छ।

उपरोक्त अवस्थालाई मध्यनजर गरी नेपाल बीमक संघको पहलमा विभिन्न चरणमा भएको छलफल र अध्ययन पश्चात Minimum Premium Rate For Non Tariff Insurance Business को खाका सहित बीमा समिति, नेपालका पनर्बीमा कम्पनी तथा सम्पुर्ण निर्जीवन बीमकहरू सहभागी भई संयुक्त अतक्रीया तथा छलफलवाट आएको सझावहरू तथा बीमाको अन्तर्राष्ट्रिय मुल्य र मान्यताको आधारमा जोखिम अनुसार उचित प्रिमियम दर तथा शर्तहरू निर्धारण गरी नियामक निकाय श्री बीमा समितिमा सिफारिश गर्ने निर्णय भएको जानकारी गराउँदछौं । उक्त सिफारिश नितान्त बीमितको सम्पतीलाई आवश्यक रक्षावरण गरि भविश्यमा हुन सक्ने क्षतिको पुर्ण रूपले समयमै भुक्तानी गर्न सक्ने मुल उद्देश्य साथ गरिएको हो ।

नियमक निकाय श्री बीमा समितिवाट मिति २०७८/०६/०६ मा जारी भएको Minimum Premium Rate For Non Tariff Insurance Business निर्देशनले नेपालको बीमा क्षेत्रको विकासमा कोषेढुंगा सावित भएको, बीमितको सम्पतीको बीमायोग्य सुरक्षण प्रदान गरेको, अन्तर्राष्ट्रिय उच्च स्तरको ख्यातीप्राप्त पुनर्बीमकहरूमा जोखिम हस्तान्तरण गर्न सक्ने भएको हुँदा उक्त निर्देशन आवश्यक भएको यस संघको धारणा रहेको सम्पुर्णमा अनुरोध गर्दछौं ।

बीमा शुल्क निर्धारण गर्दा जोखिमको मुल्याङ्कन, प्राप्त हुन सक्ने शुल्क, बीमा गरिएका सम्पतीवाट हुन सक्ने क्षती अन्तराष्ट्रिय बजार प्रचलन जस्ता आधारलाई ध्यानमा राखि बीमा शुल्क निर्धारण गरिएको हुन्छ । यसरि निर्धारण गरिएको बीमा शुल्क दर समय समयमा परिवर्तन हुनु स्वभाविक नै हो । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) संग विभिन्न चरणमा भएको छलफल र प्राप्त सुझावहरुलाई सम्वोधन भई समय समयमा परिमार्जन भईरहेको सवैलाई विदितै छ । हालको बीमादर कायम गर्न अन्तर्राष्ट्रिय बजारमा प्रचलनमा रहेको दर, राष्ट्रमा परेको क्षती, राष्ट्रमा संकलन हुन सक्ने बीमा शुल्क, राष्ट्रमा विद्यमान जोखिम जस्ता तथ्यहरुलाई समेत आधार लिई बीमा शुल्क निर्धारण गरिएको छ।

यस व्यवस्थाले बीमा बजारको समस्टगत विकास तथा विमितको हकहितमा समेत टेवा पुग्ने विश्वास लिएका छौं ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved