सन नेपाल लाइफको अभिकर्ता सम्मान र बीमा जागरण कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2021 | 04:16:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफले सङ्खुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटामा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न  गरेको छ । 

उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । साथै उत्त कार्यक्रममा बीमाको महत्व र दाबी भूक्तानी कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण पनि दिईएको थियो । जनमानसमा बीमाको प्रभावकारी भूमिकाको सम्बन्धमा बिस्तार अभिकर्ताहरुलाई महाप्रबन्धक गौतमले प्रशिक्षण दिए ।

कार्यक्रमहरुको संयोजन बिर्तामोड शाखाको शाखा प्रबन्धक तुलसीनाथ पौडेलले गरेका थिए ।

कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved