८ बीमा कम्पनीमा सुशासनको अवस्था अध्ययन गर्दै वीमा समिति, ३ महिनामा सक्ने लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2022 | 06:30:40 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा कम्पनीहरुको नियामक निकाय वीमा समितिले बीमा कम्पनीहरुमा सुशासनको अवस्थाबारे अध्ययन थालेको छ। अध्ययनलाई निरन्तरता दिने क्रममा समितिले पहिलो चरणमा आठवटा बीमा  कम्पनीमा 'डीडीए' को काम सुरु भएको वीमा समितिले जनाएको छ। 

वीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजु रमन पौडेलकाअनुसार पहिलो चरणमा चारवटा जीवन तथा चारवटा निर्जीवन बीमा कम्पनीमा सुशासनको अवस्थाबारे अध्ययन थालिएको हो। 

यसरी अध्ययन थालिएका कम्पनीमा निर्जीवन बीमा कम्पनीमा शिखर, सगरमाथा, नेको र सिदार्थ इन्स्योरेन्स रहेका छन् भने जीवन बीमा कम्पनीमा नेपाल लाइफ, नेशनल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेका छन्। डीडीए का लागि पहिले छनौट भएको कम्पनी सुर्य लाइफलाई हटाएर अर्को कम्पनी राख्ने तयारी गरिएको छ। 

नेपालका ठुला, पुराना र धेरै बीमा कारोबार गर्ने कम्पनी भएकाले पनि सुशासनको अवस्था खोज्नलाई यी कम्पनीलाई छनौट गरिएको प्रवक्ता पौडेलले बिजपाटीलाई बताए। 

व्यवस्थापनमा संचालक समितिको हस्तक्षेपको अवस्था, वीमा सम्बन्धी नीति नियमको पालना, दाबी भुक्तानीको अवस्था, बीमा पोलिसीको गुनास्तारियता, अभिकर्ताको अवस्था, रिजर्भ तथा सरेन्डरको अवस्था लगायतका बिषयहरु सुशासनमा पर्ने र यिनै बिषयमा कम्पनीको अवस्थाबारे अध्ययन हुनेछ। 

'यो अध्ययनले नराम्रा कम्पनीलाई कारबाही गर्ने तथा सुशासन कायम गराउने अवस्था बन्ने मात्र नभई राम्रा कम्पनीलाई पुरस्कृत गर्ने माहोल पनि तयार हुन्छ' प्रवक्ता पौडेलले बताए।  

सुशासनको अवस्थाबारे अध्ययन सुरु भईसकेको र अबको करिब तीन महिनामा प्रतिवेदन तयार गर्ने लक्ष्य रहेको जनाईएको छ। डीडीए पश्चात यी कम्पनीहरुको सुशासनको अवस्थाबारे बृस्तृत विवरण थाहा हुने र सोहि अनुसार नीति नियम बनाउन तथा नियमन गर्न सहज हुने उनको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved