वीमा समितिले निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश बाँड्न नदिने, निर्णय हुन बाँकी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2022 | 10:25:54 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश बितरणमा रोक लगाउने तयारी गरेको छ। कोरोना बीमाको ठूलो दाबी भुक्तानी तिर्न बाँकि रहेकोले नगद लाभांशमा कडाई गर्न लागिएको समितिले जनाएको छ । 

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण गर्न नदिने विषयमा छलफल भईरहेको बताए। उनले भने ' कोरोना बीमाको ठूलो दाबी भुक्तानी बाँकि छ, यस्तो अवस्थामा नगद लाभांश वितरण गर्न नदिने कि भन्ने विषयमा छलफल चलिरहेको छ, सोहि अनुसार नै निर्णय हुन सक्छ'। 

उनले बोनस शेयरमा भने कुनै प्रकारको रोक नलगाईने प्रष्ट पारेका छन् । उनले भने 'बोनसमा केहिँ गर्न लागिएको छैन, नगद लाभांशमा भने ठूलो रकम बाहिर जाने हुँदा नगद लाभांशमा रोक लगाउन खोजिएको हो' । 

कार्यकारी निर्देशकका पौडेलका अनुसार हाल १ लाख ३८ हजार २५१ जनाले कोरोना बीमा वापतको दाबी भुक्तानी रकम पाउन बाँकी छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved