सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटल बिच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2022 | 05:31:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटल बिच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरेका छन् ।

कम्पनीसंग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज गराउन स्वास्थ्य सम्वन्धि आवश्यक सहयोग पु¥याउने उद्घेश्यले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन केयर सुविधा अन्तर्गत ओम हस्पिटल संग सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा निजका परिवारका सदस्यहरुले ओम हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन् ।

यस सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण महानुभावहरु लाभान्वित हुने कम्पनीको विश्वास छ  । साथै आगामी दिनहरुमा अरु सेवा प्रदायक संस्थाहरुसंग सहकार्य गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved