
अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: कुमार बहादुर खत्री नियुक्त भएका हुन् । उनी दोस्रो कार्यकालको लागि सीइओ नियुक्त भएका हुन् ।
कम्पनीको बैशाख १५ गते बसेको संचालक समितिको १०४ औं बैठकले कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको दोस्रो कार्यकाल ४ बर्ष थप गरी स्वीकृति का लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको थियो । समितिबाट स्वीकृत प्रदान गरी मिति २०७९÷०२÷०९ गते पत्र प्राप्त भएकोले खत्रीले पुनः ४ बर्ष कार्यकालको पदभार सम्हालेको कम्पनीले जनाएको छ ।