नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षण अस्पताललाई ह्वीलचियर हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2022 | 10:26:03 PM मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंजलाई ह्वीलचियर हस्तान्तरण गरेको छ ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले बिरामीलाई प्रत्यक्ष लाभ हुने ह्वीलचियर प्रदान गर्न पाउनु गर्वको विषय भएको बताए 

कार्यक्रममा कम्पनिका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपाल लाईफको समाजप्रति ठूलै दायित्व रहेको बताउदै आगामी दिनमा सामाजिक कार्यलाई प्राथमिकताका साथ अगाडि लाने  प्रतिवद्धता व्यक्त गरे ।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेले बिरामी अस्पताल आउदा देखि नै ह्वीलचेयर आवश्यकता पर्ने र अस्पतालको आवश्यकता अनुसारको सामग्री छनोट गरेकोमा नेपाल लाइफ इन्स्योरेन्स लाई धन्यबाद ज्ञापन गर्दै  यस्ता संघ संस्थाहरुको सहयोगले नै अस्पताल जिवन्त रहने र सेवा प्रवाहमा सहजता आउने बताए ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved