आइएमई जनरल इन्स्योरेन्सको सीइओमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2022 | 05:32:55 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ पुन: नियुक्त भएका छन् ।  कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले उनलाई साउन २३ गतेदेखि लागु हुने गरि पुन: सीइओ पदमा नियुक्त गरेको हो । 

श्रेष्ठ २७ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन्। बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएका श्रेष्ठको नेतृत्वमा करिब ७ बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको कम्पनीले उल्लेख गरेको छ । 

सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत  श्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। कार्यकारी अधिकृतको सफथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved