सिटिजन लाइफको सप्ताह व्यापी कार्यक्रम सम्पन्न, १०७३ पिन्ट रगत संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2022 | 09:16:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाचौँ  वार्षिकोत्सवको अवसरमा सुरु गरेको सप्ताह व्यापी कार्यक्रम आज सम्पन्न गरेको छ । कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यस वर्ष पनि २०७९ साल ,असोज ३१ गते देखी कार्तिक ६ गतेसम्म प्रधान कार्यालय लगायत कम्पनीका विभिन्न शाखाले स्थानिय तहमा एक साता सम्म विभिन्न संस्थागत समाजिक उत्तरदायित्व सम्बन्धित कार्यक्रम गरेर मनाएको जनाएको छ ।

कम्पनीले यस वर्ष विशेष प्राथमिक्तामा राखेको रक्तदान कार्यक्रममा देश भरिका २८ वटा शाखाको आयोजकता मा १०७३ पिन्ट रगत संकलन गर्न सफल भएको छ । डेङ्गु लगायत विभिन्न भाइरल ज्वोरोका कारण धेरै नेपालीहरु अस्वस्थ्य रहेको बेला १०७३ पिन्ट रगत संकलन गर्न सफल हुनु आफ्नै लागी गौरवको कुरा भएको कम्पनीले जनाएको छ र सबै डोनरहरुलाई धन्यवाद ज्ञापन गर्दै, यसले रेड क्रस, ब्लड बैंक लगायतका संस्था र आवश्यक पर्ने सबैलाई मद्दत मिल्ने अपेक्षा राखेको छ ।

यसैगरी जनसमुदायमा जीवन बीमा प्रतिको चेतना वृद्धी गर्न निकै अवाश्यक रहेकोले कम्पनीले यस वार्सिकोत्सवको अवसरमा फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता सुरु गर्दै देशभरी ८ वटा स्थानमा बीमा सचेतना सम्बन्धित भव्य सडक ¥याली प्रस्तुत गरेको थियो । कम्पनीका अनुसार यस ¥यालीमा देशभर बाट १००० भन्दा बढीको सहभागिता थियो ।

यसका साथै कम्पनीले विभिन्न शाखाको आयोजकतामा देशका विभिन्न ११ स्थानमा वृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको छ । ३० वटा विभिन्न पार्क, धार्मिक तथा पर्यटकिय स्थलहरुमा वृहत सरसफाइ लगायत डस्टिबन वितरण गरेको छ । सँगसँगै केहि शाखाले विभिन्न संघ संस्थासँगको सहकार्यमा निःशुल्क आँखा सिविर, दन्त सिविर, सम्पुर्ण (होलबडी) सम्बन्धि परामर्श सेवा लगायतका कार्यक्रम गरी ७०० भन्दा बढीलाई सेवा प्रधान गरेको छ । यसका साथै केहि शाखाले योग सिविर, खाधन्न वितरण, ब्याड्मिन्टन प्रतियोगित, ट्राफिक सचेतना लगायतका कार्यक्रमको समेत आयोजना गरेका थिए ।

आज सप्ताह व्यापी कार्यक्रमको समापनको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले कार्यक्रम सफलता पुर्वक समापन भएकोमा खुशी व्यक्त गर्दै, सम्मिलित सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।  यसका साथै कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved