बीमा पोलिसी त्याग गर्नेमा नेपाल लाईफका बिमित अगाडी, महालक्ष्मी लाइफका न्यून

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2022 | 04:45:29 PM मा प्रकाशित

laxmi  sunrise bank

असोज महिनामा अघिल्ला महिनाहरुको तुलनामा बीमा पोलिसि(बिमालेख) त्याग घट्दो क्रममा रहेको देखिएकोछ । बीमा प्राधिकरणका अनुसार असोज महिनामा ७७ करोड ३२ लाख २८ हजार मुल्य बराबरका ६ हजार ६४ बिमालेख त्याग भएका छन्। जुन संख्यात्मक हिसाबले भदौको तुलनामा २४ प्रतिशतले कम हो। भदौ महिनामा १ अर्ब १४ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरका ८ हजार ५२ बिमालेख त्याग भएका थिए।

चालु आवको ३ महिना अर्थात साउन, भदौ र असोजमा ३ अर्ब ४३ करोड ४६ लाख ८५ हजार रुपैयाँ बराबरका २२ हजार ५३७ वटा पोलिसी त्याग भएका छन्। साउन महिनामा एक अर्ब ५१ करोड २७ लाख ८५ हजार रुपैयाँ बराबरका ८ हजार ४२२ वटा पोलिसी त्याग भएका थिए।

सार्वधिक बीमालेख त्याग नेपाल लाईफका, पंछ्याउँदै एलआइसी 

 बीमालेख सार्वधिक हुने कम्पनीको अग्रपंतिमा पनि नेपाल लाईफ नै रहेको छ। कुल सरेण्डर पोलिसीमध्ये नेपाल लाइफको ३८.३५ प्रतिशत सरेण्डर भएको हो। पहिलो त्रैमासमा नेपाल लाइफका १ अर्ब ३३ करोड ५४ लाख रुपैयाँका ८ हजार ६४४ वटा बीमालेख त्याग भएका छन्। जुन कुल समर्पण मूल्यको ३८.८८ प्रतिशत हुन आउँछ ।

नेपाल लाईफको पछिपछि लाइफ इन्स्यारेन्स कर्पोरेसन(एलआइसी नेपाल) छ। कम्पनीका बिमितले पहिलो त्रैमासमा ७२ करोड ३९ लाख रुपैयाँ बराबरका ३ हजार ३७९ वटा बीमालेख त्याग गरेका छन्। जुन कुल समर्पण संख्याको १४.९९ प्रतिशत र समर्पण मूल्यको २१.०८ प्रतिशत हुन आउँछ।

सबै भन्दा कम बिमालेख त्याग हुनेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । समिक्षा अवधिमा महालक्ष्मी लाइफको १ करोड ३८ लाख रुपैयाँ बराबरका ६८ वटा पोलिसी सरेण्डर भएका हुन् । यो कुल सरेन्डर पोलिसीको ०.३० प्रतिशत मात्रै हो । भने कुल सरेण्डर रकमको ०.४० प्रतिशत मात्रै हो ।

अन्यको अवस्था कस्तो? 

समिक्षा अवधिमा राष्ट्रिय बीमा संस्थानमा २१ करोड ५० लाख रुपैयाँ बराबरका २ हजार ६३४ वटा बीमालेख त्याग भएका छन्। बीमितहरुले एशियन लाइफबाट १ हजार ८५१ वटा, नेशनल लाइफबाट २ हजार १४४ वटा, मेट लाइफबाट १ हजार १७ वटा, प्राइम लाइफबाट १४४ वटा, सूर्या लाइफबाट ५५८ वटा बीमालेख त्याग गरेका छन् ।

आइएमई लाइफबाट १ करोड १४ लाख रुपैयाँ बराबरका ११४ वटा बिमालेख त्याग भएका छन्। यूनियन लाइफका २ करोड ८६ लाख रुपैयाँ बराबरका १३३ वटा, ज्योति लाइफका २ करोड ४४ लाख रुपैयाँ बराबरका १८० वटा, सन नेपाल लाइफका ८९ लाख रुपैयाँ बराबरका १८० वटा, रिलायन्स लाइफका १ करोड ४८ लाख रुपैयाँ बराबरका १६६ वटा, रिलायबल नेपाल लाइफका १ करोड ८० लाख रुपैयाँ बराबरका ३९२ वटा बिमालेख त्याग भएका छन्। 

सिटिजन लाइफका ३ करोड ९७ लाख रुपैयाँ बराबरका २१० वटा, सानिमा लाइफका १ करोड ४ लाख रुपैयाँ बराबरका २१० वटा र प्रभु लाइफको २ करोड १ लाख रुपैयाँ बराबरका १२७ वटा बीमालेख त्याग भएका छन्। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved