बीमा कम्पनीहरुलाई लगानीका लागि नयाँ ब्यबस्था, हटाईयो टेक्नीकल रिजर्भको क्याप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2022 | 01:46:25 PM मा प्रकाशित

बीमा प्राधिकरणले बीमा कम्पनीहरुले गर्ने लगानीमा लगाएको टेक्निकल रिजर्भको क्याप हटाएको छ। नयाँ प्रावधानसँगै टेक्निकल रिजर्भको आधारमा नभई अब बीमा कम्पनीहरुले कुल लगानी योग्य रकमबाट लगानी गर्न सक्नेछन्। 

यो भन्दा अगाडी बीमकले रोजेको क्षेत्रमा टेक्निकल रिजर्भको बीमा समिति(प्राधिकरण) ले तोकेको हिस्सा(प्रतिशत)  लगानी गर्दै आएका थिए। अब भने कुल लगानी तोकेको क्षेत्रमा प्राधिकरणले तोकेको सिमाभित्र रहि लगानी गर्ने छन्। 

साथै प्राधिकरणले यसअघि सबै प्रकृतिका बीमकलाई एकै किसिमको लगानी निर्देशिका तथा व्यावस्था गरेको थियो। अब भने प्रकृति अनुसार अर्थात जीवन, निर्जीवन, पुनर्बीमा, लघुबीमाको लागि छुट्टाछुट्टै निर्देशिका ल्याएको छ। 

बीमकहरुले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा राष्ट्र बैंकको वचतपत्र वा ऋणपत्रमा लगानी गर्न सक्ने छन्। त्यस्तै बैंक तथा वित्तीय संस्था, धितोपत्र बजारमा सूचिकृत पब्लिक कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्र तथा त्यस्ता कम्पनीको साधारण सेयर, घरजग्गा व्यावसाय, कृषि, पर्यटन, जलविद्युत, केवलकार, सडक, विद्युत प्रसारण लाइन, स्वास्थ्य शिक्षा लगाएका क्षेत्रमा लगानी गर्न सक्ने छन्। त्यस्तै इन्भेष्टमेन्ट कम्पनीको शेयरमा लगानी गर्न सक्ने छन्। कम्पनीहरुले प्राधिकराले तोकेको क्षेत्रमा भन्दा बाहिर लगानी गर्न पाउने छैनन्। साथै सरकार तथा राष्ट्र बैंकको ऋणपत्र र बैंकमा निक्षेपमा बाहेक अन्यन्त्र लगानी गर्दा अनिवार्य प्राधिकरको अनुमति लिनुपर्ने निर्देशनमा उल्लेख छ। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved